जीवनसाथीको जन्मदिनमा २० लाख रुपैयाँको बीमा उपहार
काठमाडाैं | जेठ ३१, २०७९
श्रीमान् गोकर्ण क्षेत्रीको ४३ औं जन्मदिनमा निर्मला क्षेत्रीले अनौठो तर लाभदायक उपहार दिएकी छिन् ।
पोखरा – १७ निवासी निर्मला क्षेत्रीले गोकर्णलाई २० लाख १० हजार रुपैयाँको जीवन बीमा गरिदिएकी हुन् । बीमाको उक्त रकम किस्ताबन्दीमा तिर्दै जाने निर्मलाले जानकारी दिइन् ।
उपहारस्वरुपको बीमा पोलिसी महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘जीवन बीमा योजना’ अन्तरगत पर्दछ । निर्मला स्वयं इन्स्योरेन्सकी अभिकर्ता हुन् ।
उपहारस्वरुप बीमा पोलिसी पाएपछि गोकर्णले भने ‘जन्मदिनका केही फरक र अनौठो उपहार पाए, त्यो भन्दा बढी यो मायालु उपहार हो, श्रीमतीलाई धन्यवाद !’
उपहार प्रदान कार्यक्रममा बिमा कम्पनीका क्षेत्रिय प्रबन्धक अखिल धमला र अभिकर्ता रामप्रसाद खतिवडाले आधुनिक जीवनमा बीमाको महत्वबारे प्रकाश पार्दै फजुल र अनावश्यक खर्चमा कटौती गरी बीमामा जोड दिन आग्रह गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

